मनाङले जाउलाखेललाई १–० गोलअन्तरले हराउँदै लिगको शीर्ष स्थानमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मनाङले जाउलाखेललाई १–० गोलअन्तरले हराउँदै लिगको शीर्ष स्थानमा


१९ मंसिर २०७५, बुधबार


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो । यस जितसँगै मनाङ छ खेलबाट १८ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ ।

मनाङको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरे । खेलको ६२ औँ मिनेटमा मनाङका अडेलाजालाई डिबक्स एरियामा जाउलाखेलका खेलाडीले लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । त्यही पेनाल्टीलाई सदुपयोग गर्दै मनाङका अन्जनले गोल गरेका थिए ।

खेलमा अन्जन म्यान अफ द म्याच घोषित भए । यता पराजित भएको जाउलाखेल चार अङ्कका साथ लिगको एघारौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस