पाँच बुँदे प्रतिबद्धता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाँच बुँदे प्रतिबद्धता


१९ मंसिर २०७५, बुधबार


नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाका जनप्रतिनिधिले पाँच बुँदे लिखित प्रतिबद्धता गरेका छन् ।

गाउँपालिको सेवा, सुविधाको प्रभावकारिताका विषयमा गरिएको सार्वजनिक सुनुवाइमा उपस्थित जनप्रतिनिधिले मदरसाको स्तरोन्नति, एक महीनाभित्र एम्बुलेन्स खरीद, गाउँपालिकाको वडा नं ५ मा ल्याब सञ्चालन, शैक्षिक सुधार अभियान सञ्चालन र योजनाको पारदर्शिता तथा प्रभावकारिताको अनुगमन गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले सार्वजनिक सुनुवाइमा सहभागीले दिएका सुझावका आधारमा योजना र कार्यक्रम सञ्चालन गर्न गाउँपालिका कटिबद्ध रहेको बताए । सार्वजनिक सुनुवाइमा सहभागीले गाउँपालिकामा पक्की बाटो, नाला, पुल निर्माण गर्नुपर्ने, डुडुवा नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, सामाजिक भत्ता वितरणलाई सहज र सरल बनाउनुपर्नेलगायत माग राखेका थिए ।

गाउँपालिकाको आयोजना र बागेश्वरी असल शासन क्लब (बास) को सहजीकरणमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस