भारतीय क्रिकेटर गौतम गम्भिरले लिए क्रिकेटबाट सन्यास « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतीय क्रिकेटर गौतम गम्भिरले लिए क्रिकेटबाट सन्यास


१९ मंसिर २०७५, बुधबार


काठमाडौं । भारतीय क्रिकेटर गोतम गम्भिरले क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षीय गोतमले समाजिकसञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

क्रिकेटर गम्भिरले भारतलाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । भारतका लागि सन् २०१६ मा उनले इंग्ल्यान्डविरुद्ध टेष्ट क्रिकेट खेलेका थिए ।

फेसबुकबाट सन्यास लिँदै गम्भिरले ‘मैले मेरो देशका लागि १५ वर्षभन्दा बढी क्रिकेट खेलेँ,अब सन्यास लिन चाहन्छु ।’ भनि घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस