सरकारले जनअपेक्षा पूरा गर्न नसकेको कमल थापाको आरोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले जनअपेक्षा पूरा गर्न नसकेको कमल थापाको आरोप


१८ मंसिर २०७५, मंगलबार


हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाई बहुमत प्राप्त सरकारले पनि जनताका अपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार असफल बन्दै गएको आरोप लगाएका हुन् । उनले भने, “सरकार चौतर्फी असफलता हासिल गर्दै आएको छ, जनताका सानातिना समस्यादेखि राष्ट्रिय समस्या हल गर्न चुक्दै गएको छ ।”

यस्तै पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले नयाँ राष्ट्रवादी आन्दोलनको खाँचो औंल्याए । मकवानपुर जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा सम्पन्न भेलालाई पार्टी जिल्ला उपाध्यक्ष शिवराम थापा, महिला नेतृ इन्दिरा न्यौपानेलगायतले आफ्नो धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस