जनप्रशासन केन्द्रीय विभाग र डिनको कार्यालयमा स्ववियुले लगायो ताला « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जनप्रशासन केन्द्रीय विभाग र डिनको कार्यालयमा स्ववियुले लगायो ताला


१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । बल्खुस्थित जनप्रशासन केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ।

एमफिलको प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई पास गराएको भन्दै स्ववियुले तालाबन्दी गरेको छ। लिखित परीक्षामा पास भएका विद्यार्थीको नाम हटाई फेल भएका विद्यार्थीलाई उत्तीर्ण गराएपछि तालाबन्दी गरेको हो ।

जनप्रशासन केन्द्रीय विभागले मंसिर ११ गते निकालेको प्रवेश परीक्षाफलमा रोल नम्बर ५५ का उमेशभक्त जोशीको नाम समावेश नभएकोमा राजनीतिक दबाबपछि डिनको संलग्नतामा लिखितमा फेल भएका जोशीलाई पास भएकालाई हटाई समावेश गरेको बताइएको छ ।

लिखितमा अनुत्तीर्ण विद्यार्थीको नाम नहटाएसम्म तालाबन्दी जारी रहने स्ववियुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस