शहीद स्मारक ‘ए’ डिजिभन लिग : एपिएफले एनआरटीलाई हरायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शहीद स्मारक ‘ए’ डिजिभन लिग : एपिएफले एनआरटीलाई हरायो


प्रशासन संवाददाता

१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै एपिएफले ७ अङ्क जोड्दै अङ्क तालिकाको सातौँ स्थानमा उक्लेको छ ।

यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपिएफले लिगमा एकमात्र जित दर्ता गरेकोथियो भने एकमा बराबरी र ३ वटा खेलमा पराजित भएको थियो । एपिएफको जितमा युवराज लामा र सुदीप शिखरकारले १–१ गोल गरे । युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे ।

खेल शुरुवातीको पाँचौ मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए । उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक/एक गोलको बराबरीलाई कायम गर्न सकेन । खेलको ७३ औँ मिनेटमा सुदिपले एक गोल थप्दै एपिएफको लागि विजयी गोल गरे । यता जारी लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन ।

लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै १ अङ्कका साथ लिगको पुछारमा छ । अङ्क तालिकामा मनाङ मस्र्याङ्दी क्लब लिगको पहिलो स्थानमा छ । त्रिभुवन आर्मी क्लब १३ अङ्कसाथ दोस्रो तथा १२ अङ्क जोडेको थ्रिस्टार क्लब तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस