चलचित्र ‘समर लभ’को पहिलो गीत सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चलचित्र ‘समर लभ’को पहिलो गीत सार्वजनिक


प्रशासन संवाददाता

१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउने उदेश्यले गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक साया बोलको गीतमा मुख्य कलाकारका रुपमा आशिष पिया र रेवती क्षेत्रीलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने शब्द संगीत पुष्पन प्रधानको रहको छ । गीतमा स्वर पुष्पन प्रधानको रहेको छ । उनलाई बानिका प्रधानले साथ दिएकी छिन् ।

समर लभ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सिनेमाको सार्वजनिक टिजरले लोकप्रियता बढाउँदै छ ।

मुस्कान ढकालको निर्देशनमा तयार भएको सिनेमामा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लिड रोलमा छन् ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने सिनेमाको संवादमा सामिप्य र सुबिनले संयुक्त रुपमा लेखेका हुन् ।

नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सिनेमामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् । विनोद अधिकारी कार्यकारी निर्माता छन् ।

अर्जुन जिसीले सम्पादन गरेको समर लभ मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर छन् ।

हेर्नुहोस् भिड्यो सहित:

Tags :
प्रतिक्रिया दिनुहोस