ए डिभिजन लिग : छैटौं चरणका खेल आजबाट सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ए डिभिजन लिग : छैटौं चरणका खेल आजबाट सुरु


प्रशासन संवाददाता

१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको छैटौं चरणका खेलहरू आजबाट सुरु हुँदैछन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र न्युरोड टिम एनआरटी तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्नेछन्। ५ खेलबाट शतप्रतिशत जित निकालेको मनाङ मर्स्याङ्दी क्लब १५ अंकका साथ शीर्षस्थानमा छ।

उपाधि रक्षा गर्ने दाउमा रहेको मनाङलाई त्रिभुवन आर्मी र थ्रीस्टार क्लबले पछ्याइरहेका छन्। ४ जित र १ बराबरी खेल्दै १३ अंक जोडेको आर्मी दोस्रो र मनाङसँग हार्दै ४ जितका साथ १२ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा छ। पाँचौ चरणमा फ्रेण्ड्स र जावलाखेलले पहिलो जित हात पार्दा हिमालयन शेर्पाले आर्मीको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ। यता, मच्छिन्द्र र एनआटी भने अहिलेसम्म जितविहीन छन्।

सुरुवाती दुई खेलमा बराबरी गरेको मच्छिन्द्र त्यसपछि लगातार पराजय बेहोर्दै २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । पहिलो खेलमा आर्मीसँग २–२ गोलको बराबरी खेल्दै अंक खोसेको एनआरटीले लगातार चार खेल हारेर १ अंकका साथ अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस