शर्मालाई ‘भारती खरेल पुरस्कार’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शर्मालाई ‘भारती खरेल पुरस्कार’


प्रशासन संवाददाता

१७ मंसिर २०७५, सोमबार


काठमाडौं । यस वर्षको ‘भारती खरेल पुरस्कार’ साहित्यकार रमा शर्मालाई प्रदान गरिएको छ ।
पाँच दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको विकास, विस्तार संवद्र्धनमा समीक्षा, अनुसन्धान, प्राध्यापन, निबन्ध सृजनालगायत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै भारती खरेल प्रतिष्ठानले उनलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी ५१ हजार रूपैयाँ छ ।

साहित्य साधिका तथा भक्तिमति भारती खरेलको ८१ औँ जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले शर्मालाई पुरस्कार रकम र सम्मानपत्र हस्तान्तरण गरिन् ।
पुरस्कार वितरण समारोह प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार शैलन्द्र साकारको सभापतित्वमा भएको थियो ।

यसअघि बरिष्ठ साहित्यकार डायमन्डशम्शेर राणा, केशवराज पिडाली, प्रा. गोपालनिधि तिवारी, माधुरी भट्टराई, प्रा. डा. चूडामणि बन्धु, प्रा. जगन्नाथ शर्मा त्रिपाठी, प्रा. कृष्णप्रसाद पराजुली, प्रा. शिवगोपाल रिसाल, परशु प्रदान, नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाईलाई पुरस्कार प्रदान गरिसकिएको प्रतिष्ठानका सदस्य सचिव प्रयागराज भट्टराई ‘वाशिष्ठ’द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस