कम्प्युटर अपरेटरहरूको भेला धुलिखेलमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कम्प्युटर अपरेटरहरूको भेला धुलिखेलमा


प्रशासन संवाददाता

१७ मंसिर २०७५, सोमबार


काठमाडौं । देशभरका विभिन्न सरकारी कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरहरूको भेला धुलिखेलमा सम्पन्न भएको छ ।

सरकारले निजामती सेवामा कम्प्युटर अपरेटर पद खारेज गर्ने तयारी गरिरहेका कम्प्युटर अपरेटरहरू एकजुट भएका हुन् ।

भेलाले लोक सेवा परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गरिसकेका कम्प्युटर अपरेटरहरूको वृत्ति विकास रोक्न नहुने माग गरेको छ ।
भेलामा कम्प्युटर अपरेटरहरूले आफ्ना अनुभव साटासाट गर्नुका साथै भर्खरै सिफारिस भएकाहरूलाई स्वागत गरिएको थियो ।

केही समययता सरकारले करार सेवामा मात्रै कम्प्युटर अपरेटर भर्ना गर्ने गरेको छ ।

देशभर अहिले करिब १२ सय कम्प्युटर अपरेटर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस