सल्यानमा एड्सबाट आठको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सल्यानमा एड्सबाट आठको मृत्यु


प्रशासन संवाददाता

१६ मंसिर २०७५, आइतबार


सल्यान । एचआइभी एड्सका कारण यहाँ ८ जनाको मृत्यु भएको छ ।

विसं २०६८ देखि हालसम्म सङ्क्रमित ८ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । सङ्क्रमित बालबालिकामध्ये पाँच जना काठमाडौंका बेवी केयर होममा रहेका प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए ।

जसमध्ये सात जना बालबालिका जिल्लाबाहिर रहेका र बाँकी १८ जनाले भने जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका उनले जानकारी दिए । जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका १८ मा १० महिला र आठ पुरुष छन् ।
सङ्क्रमित पनि अरू व्यक्तिसरह नै विभिन्न व्यवसाय गर्दै आएका छन् । ‘एचआइभी सङ्क्रमितमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन्, अरू पनि आ–आफनै व्यवसाय सञ्चालन गरिरहेका छन्’, विष्टले भने, ‘पहिले सङ्क्रमितहरु बाहिर खुलेर आउन चाहँदैनथे, तर अहिले सजिलो भएको छ ।’

प्रतिक्रिया दिनुहोस