सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सुजलको साथ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सुजलको साथ


प्रशासन संवाददाता

१४ मंसिर २०७५, शुक्रबार


पोखरा । भूतपूर्व खेलाडीमञ्च नेपालले सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सुजल डेरीले साथ दिने भएका छन् ।

प्रतियोगिता सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ आज यहाँ आयोजित पत्रकार सम्मेलानमा आगामी तीन वर्षसम्म म्याराथनको सञ्चालनका लागि मञ्च र डेरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले खेलकूदको माध्यमबाट पोखरा चिनाउनका लागि म्याराथनलाई डेरीले साथ दिने भएको बताए ।

भूतपूर्व खेलाडीमञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले म्याराथनबाट विश्वका धेरै मुलुक आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गर्दै यस प्रतियोगिताले पोखराको गरीमा र महत्व बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले खेलकूदको विकासमा निजी तथा व्यावसायिक क्षेत्रको सहयोग अपरिहार्य हुने बताउँदै यसका लागि महानगरपालिका पनि साझेदारी गर्न तयार रहेको बताए ।

यस वर्षको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ७ गते हुने आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस