राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता (फोटो फिचर) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता (फोटो फिचर)


प्रशासन संवाददाता

१४ मंसिर २०७५, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार बिहान काठमाडौं आइपुगेकी थिइन्। सो सम्मेलन आगामी शनिबार आयोजना हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस