कर्मचारी समायोजन अध्यादेशबारे छलफल गर्न मन्त्री र सचिव बोलाइए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारी समायोजन अध्यादेशबारे छलफल गर्न मन्त्री र सचिव बोलाइए


प्रशासन विशेष ब्युरो

१२ मंसिर २०७५, बुधबार


कर्मचारी समायोजन अध्यादेश

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले कर्मचारी समायोजन अध्यादेश २०७५ बारे छलफल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सचिवलाई बोलाएको छ ।

समितिले मंगलबार पत्र पठाएर उनीहरूलाई आज दिउँसो २ बजे छलफलका लागि बोलाएको हो ।

समितिका एक सदस्यका अनुसार छलफलमा उनीहरूलाई कर्मचारी समायोजन ऐन २०७४ खारेज गरी अध्यादेश ल्याउनुको कारण, अध्यादेशको आवश्यकता लगायतबारे मन्त्रीसँग जवाफ मागिनेछ ।

मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश ल्याउन लागेपछि समितिले यसबारे चासो देखाएको हो । समितिले संसद्को हिउँदे अधिवेशन चाडो बोलाएर यहीँबाट ऐन पारित गर्न सुझाएको छ । तर, मन्त्रालयले स्थानीय तह तथा प्रदेशमा देखिएको कर्मचारी अभावको समस्या तत्काल समाधान गर्न कर्मचारी समायोजन अध्यादेश ल्याउनुपरेको बताउँदै आएको छ ।

र योपनि,

संसद्को राज्य व्यवस्था समितिद्वारा कर्मचारी समायोजन अध्यादेशको प्रतिलिपि माग

Tags :
प्रतिक्रिया दिनुहोस