सेनामा जागिरको अवसर, तीन हजार आठ सयभन्दा बढी दरबन्दीमा दरखास्त आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेनामा जागिरको अवसर, तीन हजार आठ सयभन्दा बढी दरबन्दीमा दरखास्त आह्वान


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


नेपाली सेना

काठमाडौं । नेपाली सेनाले तीन हजार आठ सयभन्दा बढी दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथि विभागले सोमबार सूचना प्रकाशित गरी लेखा जमदार, सहायक पण्डित हुद्धा, अमल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन, सैन्यलगायत पदमा दरखास्त आह्वान गरेको हो ।

यी पदमा तीन हजार आठ सय ६८ दरबन्दीका लागि दरखास्त आह्वान गरिएको छ । दरखास्त दिने अन्तिम मिति मंसिर २४ सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी पुस २ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना :

 

 

प्रतिक्रिया दिनुहोस