राष्ट्रव्यापी कविता प्रतियोगितामा पौडेल प्रथम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रव्यापी कविता प्रतियोगितामा पौडेल प्रथम


९ मंसिर २०७५, आइतबार


काठमाडौं । राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल प्रथम भएका छन् ।

‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै एशोसिएशन फर आइडिया नेपालले द लेप्रोसी मिशन नेपालसँगको समन्वयमा आयोजना गरेको सो प्रतियोगितामा पौडेलले ‘कुष्ठरोगी विचार’ शीर्षकको कविता लेखेका थिए । कवि पौडेलले रु २० हजार पुरस्कार प्राप्त गरे । ‘आत्मालाप’ कविता लेख्नुभएका लमजुङका प्रज्ज्वल अधिकारी दोस्रो भए । उनले रु १५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा तेस्रो भएका झापाका नीरज दाहालले ‘घरभित्र’ तथा उदयपुरका हिमालय पौडेलले ‘कुष्ठरोगविरुद्ध हामी’ कविताका लागि जनही रु १० हजार पुरस्कार पाए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचन कक्षमा आयोजित उक्त कार्यक्रममा २० कविबीच सो प्रतियोगिता गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले कविका उद्गारबाट सरकारको यथेष्ट ध्यानाकर्षण भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस