गृहमन्त्री थापाद्वारा एक महीने अभियान शुभारम्भ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृहमन्त्री थापाद्वारा एक महीने अभियान शुभारम्भ


प्रशासन संवाददाता

६ मंसिर २०७५, बिहिबार


भक्तपुर । आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर गृहमन्त्री रामबहादुर थापाले अभियान शुभारम्भ गरेका हुन् ।

अभियानमा पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताहरूलाई कुचो, डोको, साबेल, माक्स, पञ्जालगायत सामग्री प्रदान गरिएको थियो ।

यो अभियान हरेक दिन बिहान ८ बजेदेखि एक महिनासम्म सञ्चालन गरिने छ । नेपाली सेनाको सूर्यविनायकस्थित वीरदलगणका गणपति शिवप्रसाद पौडेलको संयोजकत्वमा अभियान सञ्चालन हुने जनाइएको छ ।

 

फोटो : रासस

Tags :
प्रतिक्रिया दिनुहोस