काठमाडौं । द भ्वाइस अफ नेपालमा निर्मला हत्याकाण्डबारे गीत गाएर दर्शक सामु मन जित्न सफल भएका तेजिन्द्र गन्धर्वले फेरी अर्को नँया आफ्नै जीवन कथा बोकेको गीत ‘साइलीरीमई’ लिएर आएका छन् ।
गीतमा उनी आफैंले अभिनय गरेका छन् । गीतको शब्द डिपी खनालको रहेको छ । गीतमा संगीत शंकर थापाको रहेको छ भने उदयराज पौडेलको एरेन्ज रहेको छ। ललितपुरको रमणीय क्षेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायाँकन रहेको छ भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । विकाश सुवेदीको निर्देशन रहेको छ।
हेर्नुस् भिड्योसहित: