पर्खाल निर्माणमा भ्रष्टाचार गर्ने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पर्खाल निर्माणमा भ्रष्टाचार गर्ने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


प्रशासन विशेष ब्युरो

२ मंसिर २०७५, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरको राम जानकी मन्दिरको पर्खाल निर्माणमा भ्रष्टाचार गर्ने ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, अजय कुमार यादव र ओभरसियर अनिरुद्र मण्डल विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगले अध्यक्ष ओमप्रकाश यादवलाई १ लाख ३५ हजार २ सय २९ र अजयकुमारसँग १ लाख ३१ हजार ३ सय ६५ रुपैयाँ बिगो माग गरेको छ। ओभरसियर मण्डलसँग अख्तियारले २ लाख ६६ हजार ५ सय ९५ रुपैयाँ असुल हुनुपर्ने दाबी गरेको छ।

अर्थ मन्त्रालयबाट प्रकाशित रातो किताबमा उल्लिखित बजेट अनुसार काम नगरी आफू अनुकूलको उपभोक्ता समितिहरू निर्माण गरी, निर्माण कार्य नै नगरी नक्कली बिल भौचर बनार्इ ठुलो रकम भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव समेतले राम जानकी मन्दिर, ब्रह्मस्थान, ब्रह्माको मन्दिरको ‘कम्माउन्ड वाल’ निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। आर्थिक वर्ष २०६७र०६८ मा गरेका कार्यहरूको लागत इस्टिमेट, बिल भरपाई, प्राविधिक मूल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदनअनुसार कार्य नगरी भ्रष्टाचार गरेको आरोपपत्रमा जनाइएको छ।

आरोपपत्रमा सरकारी रकम हिनामिना गरेकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय हुनुपर्ने माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस