पाँचवटा अटो रिक्सा प्रहरी नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाँचवटा अटो रिक्सा प्रहरी नियन्त्रणमा


प्रशासन संवाददाता

२ मंसिर २०७५, आइतबार


स्याङ्जा । वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्हरीले नियन्त्रणमा लिएको छ ।

करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँचवटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हबल्दार शङ्कर रिमालले जनकारी दिए ।जिल्लाका मुख्य बजार वालिङ, स्याङ्जा, बयेरघारी, गल्याङलगायतका ठाउँमा करीब ४० अटो सञ्चालनमा रहेका छन् ।

सवारी चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालन गर्दा दुर्घटना भए समस्या हुने भएकाले कारबाही थालिएको बताइएको छ । नगरपालिकाले प्रति किलोमिटर रु १५ र थप किलोमिटरको रु १० का दरले भाडा निधारण गर्नुका साथै भित्री सडकमा मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेपनि अटो सञ्चालकले नियम उल्लङ्घन गरेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस