लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न जरुरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न जरुरी


प्रशासन संवाददाता

२ मंसिर २०७५, आइतबार


जनकपुरधाम । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गरिरहको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धमा राय–सुझाव सङ्कलनका लागि आज यहाँ आयोजित प्रदेश नं २ स्तरीय कार्यशाला गोष्ठीमा उनले सो आरोप लगाएका छन् । हिंसा, बलात्कार, हत्या, महँगी, भ्रष्टाचार, मौलिक अधिकार, कर वृद्धि, प्रेस स्वतन्त्रता तथा न्यायपालिकामाथिका आक्रमणप्रति सरकारको उदासीनताले लोकतन्त्रमाथि खतराको कालो बादल मडारिरहेकाले नेपाली काङ्गे्रस मौन बस्न नहुने धारणा पनि उनले राखे ।

उनले काङ्गेसले अर्जुनदृष्टिका साथ सरकारी पक्षको द्वैध चरित्रविरुद्ध ऐक्यबद्ध हुनुपर्ने खाँचौँ औँल्याउँदै मधेश केन्द्रित दल कम्युनिष्ट सरकारको भ्रमजालमा परी मधेशी जनताको मुद्दालाई ओझेलमा पारेको बताए । सरकारले प्रदेश सरकारलाई औचित्यहीन बनाउँदै सङ्घीयतालाई नै धरापमा पारेको भन्दै उनले काङ्गे्रसले लोकतन्त्र तथा सङ्घीयताको रक्षा गर्न अग्रसर हुन जरूरी भएको धारणा राखे ।

वरिष्ठ पत्रकार एवं राजनीतिक मस्यौदा समितिका सदस्य हरिहर विरहीले लोकतन्त्रको पर्याय नेपाली काङ्गे्रस भएकाले काङ्गे्रसलाई ऊर्जाशील बनाउनुपर्ने खाँचो छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस