रहस्यमै श्रीपेचको इतिहास « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रहस्यमै श्रीपेचको इतिहास


प्रशासन विशेष ब्युरो

१ मंसिर २०७५, शनिबार


श्रीपेच

राजतन्त्रका बेला राजाले गद्दी आरोहण गर्दा श्रीपेच पहिरिन्थे । श्रीपेचमा सात सय ५० हीराका टुक्रा छन् । श्रीपेचको टायरामा दुई हजार सात सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुन्डिने कल्की बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर छ । बर्ड अफ प्याराडाइज दुर्लभ र प्रतिबन्धित चरा हो । कल्की बाहेकका सबै श्रीपेचका भागमा नवरत्न र सुनजडित छ ।

पूर्वराजा ज्ञानेन्द्रले २०६५ जेठ २९ गते नारायणहिटी दरबार छोड्दा तत्कालिन गृहमन्त्री कृष्ण सिटौलालाई श्रीपेच जिम्मा लगाएका थिए ।

क्याबिनेटले आर्थिक वर्ष २०६८/०६९ मा श्रीपेचलाई दरबार संग्रहालयको प्रदर्शनी कक्षमा राख्ने निर्णय गरेको थियो । सो श्रीपेच सोमबारदेखि सर्वसाधारणको लागि सार्वजनिक गरिएको छ । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

श्रीपेच सार्वजनिक गरेर मात्र हुँदैन। यसको इतिहासबारे अनुसन्धान गरी यसबारे खुल्न नसकेका जानकारी पत्ता लगाउनु आवश्यक छ । यो कुन राजाको पालामा निर्माण भयो ? यसको डिजाइन कसले ग-यो ? यो कुरा अझै रहस्यमय नै छ ।

श्रीपेचको इतिहास पत्ता लगाउनको लागि रोमन संस्कृतिको नेपालको इतिहास पत्ता लगाउनुपर्छ । त्रिभुवनको पाला श्रीपेच निर्माण भएको भनिए पनि त्यसमा कुनै सत्यता छैन । यसप्रति सरकारको ध्यान पुगोस् ।

(लेखक नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन् ।)

Tags :
प्रतिक्रिया दिनुहोस