लोक सेवा तयारी : नेपालमा बौद्धिक सम्पत्ति अधिकार सम्बन्धमा, सबल र दुर्वल पक्ष « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा तयारी : नेपालमा बौद्धिक सम्पत्ति अधिकार सम्बन्धमा, सबल र दुर्वल पक्ष


भुवन ज्ञावाली

१ मंसिर २०७५, शनिबार


बौद्धिक सम्पत्ति

बौद्धिक सम्पत्ति
बौद्धिक सम्पत्तिले कुनै पनि वस्तु, व्यवसायको सिर्जना, अन्वेषण, अनुसन्धान, खोज, सिप, मौलिक पहिचान, कलात्मक कार्य, सङ्केत, नाम डिजाइन, उत्पादन सर्जक वा उत्पादनलाई बुझाउँदछ ।
 बौद्धिक सम्पत्ति कानुनी अवधारणा हो । बौद्धिक सम्पत्तिको अधिकारले अन्तर्निहित अधिकारलाई मान्यता दिई सोको  संरक्षण गर्दछ ।
 सिप, सिर्जना आविष्कार ज्ञान लगायत मौलिक पहिचानको संवर्द्धन, संरक्षण र प्रवर्द्धनका लागि सर्जकलाई प्रोत्साहन गर्न बौद्धिक सम्पत्तिको संरक्षणको व्यवस्था गरिन्छ जसलाई बौद्धिक सम्पत्ति अधिकार भन्ने गरिन्छ ।
 साधरणतया बौद्धिक सम्पत्तिलाई निम्नानुसार दुई भागमा बाड्ने गरिन्छ :

क. औद्योगिक सम्पत्ति कुनै उद्योगले उत्पादन गरेको निश्चित वस्तु वा सेवा आम जनताहरूले सहज, सरल, निर्भय र विश्वासका साथ उपयोग गर्न सकुन् भनेर अन्य वस्तु वा सेवाभन्दा फरक देखाउन र आफूले उत्पादन गरेको वस्तुमा अग्राधिकार प्राप्त गर्न Industrial Property को रूपमा Invention (Patent) Trademark, trade secret, trade dress, industrial design, geographic indications of source जस्ता माध्यमहरूको उपयोग गर्दछन्, जसलाई Industrial Property भनिन्छ ।

ख. प्रतिलिपि अधिकार प्रतिलिपि अधिकार विशेष गरी व्यक्तिको सीप, ज्ञान, कला, हस्तलिखित ग्रन्थ जस्ता कुराहरूसँग सम्बन्धित हुन्छ । साहित्य, कला, ज्ञान विज्ञान, सूचना प्रविधि तथा अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रुपलेसिर्जना गरिएका रचना तथा ध्वनीअङ्कन, प्रस्तुति र प्रसारण जस्ता क्षेत्रमा स्रष्टालाई कानुनद्वारा प्रदान गरिने एकलौटी अधिकारलाई प्रतिलिपि अधिकार भनिन्छ ।

आफ्ना अमूल्य सिर्जना र आविष्कार सर्जक/समाजको सम्पत्ति हो, त्यसैको आधारमा औद्योगिक विकास, मानव सभ्यता र संस्कृति सम्भव भएको हो । आधुनिक समाज एकातिर ज्ञानमा आधारित बन्दै गएको छ भने अर्को तर्फ सर्जकको सिर्जना माथि अतिक्रमण समेत हुने गरेकोले बौद्धिक सम्पत्ति अधिकार संरक्षणको सवालले महत्त्व पाउँदै आएको छ र राष्ट्रहरूले बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी नीतिगत तथा संरचनागत व्यवस्था गर्दै आएका छन् ।

बौद्धिक सम्पत्तिमा यी कुराहरू पर्दछन्
 साहित्य, सङ्गीत सिर्जना र उत्पादन,
 औद्योगिक डिजाइन,
 पेटेन्ट तथा ब्रान्ड,
 ट्रेडमार्क,
 आविष्कार,
 आनुवंशीय सम्पदा,
 कम्प्युटर डिजाइन र अपरेटिङ सिस्टम,
 उत्पादन फर्मुला, कम्पोजिशन तथा सूत्र,
 भौगोलिक पहिचान,
 जैविक उत्पादन र विविधता,
 डिजाइन, पेन्टिङ आदि ।

नेपालमा बौद्धिक सम्पत्तिका क्षेत्रमा भएका सबल पक्ष
नेपाल सन् १९९७ मा विश्व बौद्धिक सम्पत्ति सङ्गठन (WIPO) र सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको छ । साहित्यिक तथा कलात्मक रचनाको विश्वव्यापी संरक्षणका लागि जनवरी ११, २००६ देखि नेपाल वर्न महासन्धि (Berne Convention) को पक्ष पनि भइसकेको छ । यसर्थ नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धमा यी सबल पक्ष छन्
 आठ दशक लामो समय देखि बौद्धिक सम्पत्तिको अवधारणा विकास,
 विश्व बौद्धिक सम्पत्ति सङ्गठन, विश्व व्यापार सङ्गठन लगायत विश्वमञ्चमा संलग्नता,
 वर्न, पेरिस लगायत विभिन्न सन्धि, अभिसन्धि र प्रोटोकलमा प्रतिबद्धता,
 नेपालको संविधानमा बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारलाई मौलिक हकमा राखिएको,
 प्रतिलिपि अधिकार ऐन, नियमावली, औद्योगिक, वाणिज्य र बौद्धिक अधिकार सम्बन्धी नीतिगत व्यवस्था,
 नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको स्थापना सहित संस्थागत व्यवस्था,
 परम्परागत ज्ञान, सम्पदा, संस्कृति जैविक विधाता, लोक संस्कृतिको संरक्षणमा चेतना स्तरमा वृद्धि,
 सर्जक वा उत्पादकको सम्मान गर्ने परिपाटीको विकास,

तथापि यी दुर्वल पक्ष पनि मौजुदा छन्
 स्पष्ट र विस्तृत नीतिगत अवधारणाको विकास अभाव साथै भएका नीतिको कार्यान्वयन हुन नसक्नु,
 उत्पादक तथा सर्जकहरू आफ्ना सिर्जना प्रति सचेत नहुनु,
 अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिका प्रावधानलाई नीति कानुनमा समायोजित गर्न नसक्नु,
 छरिएर रहेका सङ्गठन संरचना र फरक फरक कार्यशैली तथा व्यवहार,
 साझा अवधारणाको विकास र क्षमता विकासको अभाव,
 सूचना सङ्कलन र त्यसको आधारमा प्रभावकारी अनुगमन हुन नसक्नु,

उपसंहार
बौद्धिक सम्पत्तिले देशको आर्थिक वृद्धि र सर्जकको व्यक्तित्व विकासमा लाभ पुर्‍याउन सक्ने हुनाले यस क्षेत्रमा देखिएका समस्या र चुनौतिहलाई सुझवुझका साथ छनौटपूर्ण तरिकाले समाधान गर्नु आवश्यक देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस