बसको ठक्करबाट पैदल यात्रुको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु


प्रशासन संवाददाता

३० कार्तिक २०७५, शुक्रबार


बस दुर्घटना

लमजुङ । बेंसीशहर नगरपालिका–१ उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट आज बिहान एक पैदल यात्रुको मृत्यु भएको छ ।

बेंसीशहर नगरपालिका–४ पुरानोकोटका ७३ वर्षीय टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदिपुरस्थित गोल्डेन फ्युचर एकेडेमीको ना३ख ७३९४ नंको बसले विद्यार्थी पुर्‍याएर फर्कने क्रममा बिहान ९ः३० बजे वृद्धलाई ठक्कर दिएको थियो ।

स्कुल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्याललय लमजुङका प्रहरी निरीक्षक वसन्तराज पाण्डेले जानकारी दिए । मृतक गुरुङ उदिपुरबाट पुरानोकोट जाने क्रममा खहरेखोलामा स्कुल बसले ठक्कर दिएको उनले जानकारी दिए । परिवारका सदस्य जिल्ला प्रहरी कार्यालयमा आउने क्रममा छन् । ‘उनीहरु आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई हस्तान्तरण गर्छौं’, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस