चितुवाको आक्रमणबाट चार वर्षीया बालिकाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चितुवाको आक्रमणबाट चार वर्षीया बालिकाको मृत्यु


प्रशासन संवाददाता

३० कार्तिक २०७५, शुक्रबार


बालक

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी ४ वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक बालिकाको बुबा कृष्ण लम्साल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी आमा सरस्वती लम्साल र दुई दाजुको साथमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस