चलचित्र ‘शत्रु गते’ अब तपाईंकै मोबाइलमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चलचित्र ‘शत्रु गते’ अब तपाईंकै मोबाइलमा


प्रशासन संवाददाता

३० कार्तिक २०७५, शुक्रबार


काठमाडौं । पछिल्लो समय हलमा प्रदर्शन भएको लामो समयसम्म पनि चलचित्रहरु युट्युबमा सार्वजनिक भइरहेका छैनन् ।

निर्माताहरुले चलचित्रलाई युट्युबमा सार्वजनिक गर्नुको बिकल्प खोजिरहेका छन् । कतिपय निर्माताहरु त दर्शकले चलचित्रलाई किनेर मात्र हेर्नुपर्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् । यसैसन्दर्भमा गत वर्षको सुपरहिट चलचित्र ‘शत्रु गते’ अव सार्वजनिक हुने भएको छ । चलचित्र शुक्रबार अर्थात  भोलि ‘आइफिल्क्स’ एप्लिेकसन मार्फत् सार्वजनिक हुन लागेको हो ।

‘आइफिल्क्स’ एप्लिकेशनको आधिकारिक फेसबुकमा चलचित्रको ट्रेलर राख्दै चलचित्र शुक्रबार सार्वजनिक हुने बताएको हो । ‘आइफ्ल्क्सि’ले यसअघि पनि ‘धनपति’, ‘प्रेम गीत २’ जस्ता सफल नेपाली चलचित्रहरु सार्वजनिक गरिसकेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रले गतवर्ष एकदमै राम्रो ब्यापार गरेको थियो । किरण केसीको प्रस्तुतीमा महसञ्चारले निर्माण गरेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, रमेशरञ्नन झा लगायतका कलाकारहरुको अभियनय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस