निर्मला बलात्कार हत्या प्रकरण : थप ४ जनाको डिएनए नेगेटिभ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्मला बलात्कार हत्या प्रकरण : थप ४ जनाको डिएनए नेगेटिभ


३० कार्तिक २०७५, शुक्रबार


काठमाडौं । निर्मला बलात्कार हत्या प्रकरण अनुसन्धानका लागि परीक्षण गरिएका थप ४ जनाको डिएनए पनि नेगेटिभ देखिएको छ ।

निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग ती चारै जानको डिएनए नमिलेको डिएसपी कृष्ण ओझाले बताएका छन् ।

यस अघि गरिएको ५ जनाको डिएनए परीक्षण पनि नेगेटिभ नैे थियो ।

साउन १० गते साथीको घर गएकी निर्मला ११ गते घर नजिकै मृत अवस्थामा फेला परेकी थिइन् । दोषी अझै पत्ता लाग्न सकेका छैनन्।

दोषी पत्ता लगाउन माग गर्दै निर्मलाका बुबा आमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअगाडि धर्ना बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस