सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो


प्रशासन विशेष ब्युरो

२९ कार्तिक २०७५, बिहिबार


काठमाडौँ । राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

रौतहटबाट पक्राउ परेका राउतलाई आज(विहिबार) सर्वोच्चमा उपस्थित गराइएको हो ।

गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

अदालतले थुनामा राख्नुका लिखित कारणसहित राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदातलको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस