‘खोजी पत्रकारितामा थुनछेक छैन, सक्नुहुन्छ भने आजैका निर्णय पनि लेख्नुहोस्’ -मन्त्री बाँस्कोटा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘खोजी पत्रकारितामा थुनछेक छैन, सक्नुहुन्छ भने आजैका निर्णय पनि लेख्नुहोस्’ -मन्त्री बाँस्कोटा


प्रशासन विशेष ब्युरो

२९ कार्तिक २०७५, बिहिबार


खोजी पत्रकारिता

काठमाडौँ । सरकारका प्रवक्त्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाले खोजी पत्रकारिता गर्न सरकारले थुनछेक नगरेको स्पष्ट पारेका छन् ।

गत कार्तिक २५ गतेका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।

‘खोजी पत्रकारिता गरेर लेख्नुस्, तपाईँलाई कसैले छेक्दैन,’ उनले भने, –’आजै पनि मन्त्रिपरिषद्को बैठक बसेको छ, आजैका निर्णय पनि सार्वजनिक गर्नुहोस् ।’

सरकारका निर्णयलाई परिपक्व बनाएर मात्रै जनतासमक्ष लैजान सरकारले पत्रकार सम्मेलनमार्फत जानकारी गराउन हरेक साता बिहीबार पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्ने नीति लिएको मन्त्री बाँस्कोटाको भनाई छ ।

भएको निर्णय पत्ता लगाएर लेखेकै आधारमा पत्रकारलाई कारबाही नहुने बताउँदै मन्त्री बाँस्कोटाले भने–’अनुमानको भरमा लेख्दा सरकार र सञ्चारकर्मी दुवैलाई हित हुदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस