७० कटेका नेताहरुलाई नेतृत्व तहमा स्वीकार नगरिने : कांग्रेस युवा नेता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

७० कटेका नेताहरुलाई नेतृत्व तहमा स्वीकार नगरिने : कांग्रेस युवा नेता


२९ कार्तिक २०७५, बिहिबार


काठमाडौं । कांग्रेसका युवा नेताहरुले ७० वर्ष कटेका नेताहरुलाई नेतृत्व तहमा स्वीकार नगर्ने भएका छन् ।

बुधबार काठमाडौंमा भएको छलफल कार्यक्रममा कांग्रेस युवा नेताहरुले ७० वर्ष कटेका नेताहरुलाई स-सम्मान विदा गर्नुपर्ने बताएका छन् ।

७० वर्ष कटेका नेताहरुले मुलुकलाई मार्गनिर्देश गर्न नसक्ने भन्दै युवा नेताहरुले यो प्रस्ताव ल्याएका हुन् ।

युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल, गुरु घिमिरे, बद्री पाण्डे, कमला पन्त र कल्याण गुरुङसहित ११ जनाले संयुक्त प्रस्ताव तयार परिरहेको जनाएका छन् ।

उक्त प्रस्ताव मंसिर १ गतेदेखि बस्ने काँग्रेस केन्द्रीय समिति बैठकमा लैजाने तयारी गरेका छन् ।,

प्रतिक्रिया दिनुहोस