‘कोलम्बो प्रोसेस’ बैठक काठमाडौंमा शुरू « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘कोलम्बो प्रोसेस’ बैठक काठमाडौंमा शुरू


२९ कार्तिक २०७५, बिहिबार


काठमाडौ । ‘कोलम्बो प्रोसेस’को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । बैठकमा १२ देशका उच्च अधिकारीहरु सहभागी छन् ।

‘कोलम्बो प्रोसेस’को स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । बैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना भएको हो । सन् २०१७ मार्च २९ देखि नेपालले यसको अध्यक्षता गर्दै आएको छ ।

कोलम्बो प्रोसेसकोको बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धनमा आधारित श्रमका विषयमा एक आपसमा परामर्श हुने श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्रालयले जनाएको छ। कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम छन्।

कोलम्बो प्रोसेसले वैदेशिक कामदारको हक अधिकारको प्रवर्द्धन, सेवा र सुविधाको संरक्षणलगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।

शुक्रबार मन्त्रीस्तरीय बैठक हुने छ । बैठकमा सहभागीदेशका मन्त्रीहरुले आप्रवासन सम्बन्धी विभिन्न सिफारिस र कार्ययोजनामाथि विचार विमर्श गर्ने छन् । यस अघिका बैठकका सिफारिसहरुको कार्यान्वयनको समिक्षा र आगामी दिनमा गरिने कार्यहरुको पहिचान गरिने श्रम मन्त्रालयले जनाएको छ ।

आजको बैठकले भोलि हुने बैठकका लागि कार्यसूची सिफारिस गर्ने कार्ययोजना छ ।

प्रतिक्रिया दिनुहोस