प्रहरीलाई घुस दिएको अभियोगमा चालक र सह–चालक प्रक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीलाई घुस दिएको अभियोगमा चालक र सह–चालक प्रक्राउ


२९ कार्तिक २०७५, बिहिबार


काठमाडौं । सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोजेको आरोपमा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं–१०, बुद्धनगर नजिकैबाट बा२ख ८१२९ नम्बरको गाडीका चालक जितबहादुर तामाङ र सहचालक सुजन घलेलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले सवारी चेकजाँचका क्रममा खटिएको प्रहरी टोलीलाई गाडीका कागजपत्र नदेखाई एक हजार रूपैयाँ घुस दिन खोजेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक होमिन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गाडीसँगै चालक र सहचालकलाई नियन्त्रणमा लिई कारवाही थालिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस