यस कारण सारिनु हुँदैन पुलिस एकेडेमी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस कारण सारिनु हुँदैन पुलिस एकेडेमी


रविन्द्र नाथ रेग्मी

२९ कार्तिक २०७५, बिहिबार


पुलिस एकेडेमी

सदर प्रहरी तालिम केन्द्र पहिले शीतल निवासका राणाहरूको ‘तबेला’ थियो । अहिले नेताहरूले आफ्नो ‘तबेला’ बनाउँदै छन् ।

सर्वसाधारणलाई पुलिस बनाउन एकेडेमीमा ट्रेनिङ गराइयो/गराइन्छ । त्यस कारण सबै प्रहरी अधिकृतहरूलाई त्यहाँका हरेक ढुङ्गा, रुखबारे जानकारी छ । पुराना अफिसरहरू जोसुकैलाई अहिले पनि एकएक रुखका बारेमा सोध्यो भने पनि सबैले सम्झन्छन् ।

त्यसैले यस्ता कुराहरू मान्छेको सम्झना रहन्छ, भावनात्मकरूपमा ।

एकेडेमीमा सबै पुलिस अफिसरको अट्याचमेन्ट छ । त्यहाँ हरेक टोली हरेक ब्याचले ट्रेनिङ गर्दा निर्माण मर्मत सम्भार कार्यमा आफूलाई सहभागी गराएका छन् । अहिले सम्म १७० भन्दा बढी समूहका सबैले त्यहाँ केही न केही कामहरू गरेका छन् । त्यो ट्रेनिङ सेन्टर मात्रै होइन, एउटा आदर्श संस्था पनि हो । त्यहाँ मेजर इस्युहरूमा डिस्कसन हुन्छ । र, देश तथा नेपाल पुलिसको आवश्यकता अनुसारको विभिन्न प्रकारका कामको थालनी पनि हुन्छ ।

खेलकुदको केन्द्रीय संस्था त्यही छ, नेपाल पुलिस क्लबको । फुटबलको, भलिबलको लगायत । त्यो केन्द्रीय खेलकुद नै एकेडेमीअन्तर्गत रहन्छ ।

अनि त्यसैगरी विशेष प्रशिक्षणका साथै हिमाली क्षेत्रमा उद्धार, सरसफाइ लगायत क्षेत्रमा काम गर्ने कार्यमा क्रियाशील छ, हिमाली शाखा । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला त्यही छ ।

एकेडेमीमा अपराध अनुसन्धान विद्यालय छ, डिआइजीको दरबन्दी छ त्यहाँ । त्यो निकै महत्त्वपूर्ण संस्था हो । यी सबै एकाइहरु एक आपसमा अन्तरसम्बन्धित छन् ।

अपराध अनुसन्धानमा हामीले धेरै काम गर्नुपर्नेछ । नयाँ च्यालेन्जहरू आएको छ । त्यसको लागि स्रोत साधन र रिसोर्स पर्सन राम्रा ट्रेनरहरू सबैको एक्सेस भएको ठाउँ एकेडेमी हो ।

त्यति मात्रै होइन, भिआइपी सेक्युरिटीको लागि हाई स्किल म्यानपावर चाहियो भने त्यहाँ सधैँ तालिम गराइरहेका योग्य प्रशिक्षकहरू हुन्छन् । उनीहरू फिल्डमा गएर काम गर्छन् । राइट कन्ट्रोलको गम्भीर परिस्थितिमा पनि हामीलाई जानकारी छ, अलिकति कम्प्लिकेटेड सिच्युयेसन भयो भने को पठाउने भन्दा अब त्यहाँ अरू पठाएर हुँदैन भनेर एकेडेमीबाटै टोली ल्याइन्थ्यो । त्यो यस्तो खाले रिजर्भ फोर्सका रूपमा रहिरहेको थियो । पहिल्यैदेखि नै जुनसुकै खालको च्यालेन्जिङ काम आयो भने पनि एकेडेमीले गर्दथ्यो । त्यहाँ भिआपी सेक्युरिटी हेर्ने शाखा छ । यस्तै विशेष सेक्युरिटीका डकुमेन्टहरू पनि सबै त्यहाँ छ ।

अनि प्रशासनिक अध्ययन गर्ने कुरा, प्रशिक्षकहरू देशभरका पुलिसको ट्रेनिङ इन्स्यिच्युसनका लागि चाहिने ट्रेनर उत्पादन एकेडेमीले गर्छ । ट्रेनर्स ट्रेनिङ चलाउने मान्छेहरू त्यहाँ बस्छन् । आउँदा दिनहरूमा cसाईवर क्राइम, ट्राफिक म्यानेजमेन्ट, महिला बालबालिका विरुद्धका अपराध अनुसन्धान जस्ता भविष्यमा आउने प्रहरीका चुनौतीहरूका लागि थप विशिष्टिकृत प्रशिक्षण एकाई बढाउँदै जानुपर्ने टड्कारो आवश्यकता देखिसकेको छ ।

यो कुरालाई बेवास्ता गरेर बेसिक ट्रेनिङ सेन्टर सार्ने भनेको ठाउँमा सम्पूर्ण एकेडेमी सार्दा छिन्नभिन्न हुने देखिन्छ । अहिले पनि सरकारले तीन वटा एआइजी राख्दा किन एउटा एकेडेमीमा त भन्दा त्यसको महत्त्व त्यति नै धेरै भएकोले नै हो । त्यहाँ यतिधेरै संस्थाहरू जोडिएका छन् । त्यो सबैको नेतृत्व गर्नलाई दुई जना त डिआइजीहरु कार्यरत छन् । र, अरू विङहरु पनि पनि महत्त्वपूर्ण छन् । नेपालको प्रहरी प्रशासनसँग सम्बन्धित सम्पूर्ण कुराहरू हेर्ने संस्था काठमाडौँ बाहिर कुनामा गएर काम गर्न सक्दैनन् ।

प्रहरी प्रधान कार्यालयले जे भने पनि मान्नुपर्ने परिस्थिति सिर्जना भएको मौका छोपेर शीतल निवास विस्तार गर्दा प्रहरी कर्मचारीको मनोबल त खस्किन्छ नै आम जनताको लागि के फाइदा हुन्छ त ?

राष्ट्रपति भवन जस्तो सर्वोच्च संस्था उपयुक्त ठाउँमा जहाँ शान्त, सौम्य, रौम्य, भव्य होस् त्यस्ता ठाउँमा सिफ्ट गरिदिए राम्रो हुन्छ । काठमाडौँको सबैभन्दा बढी सुन्दर र राम्रो ठाउँमा लगेर राखे भयो । सहरको भिडभाडमा किन राख्नु ?

भिडभाडमा जहाँ जनताको ज्यादा काम गर्नुपर्ने हो, सरकारले सेवा डेलीभर गर्नुपर्ने हो तिनै संस्था राख्न ठिक छ ।

एकेडेमी विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहलगायत नेता थुनेको ठाउँ हो । त्यति मात्र होइन, दोस्रो जनआन्दोलनमा पनि देशका प्रमुख नेताहरूलाई थुनेको ठाउँ हो ।

शेरबहादुर देउवालाई लामो समय थुनेको ठाउँ पनि त्यहाँ छ । त्यहाँ किन थुनियो त ? त्यहाँ थुनुवा व्यवस्थापनमा पनि वेस्ट क्वालिटीको सर्भिस दिन सक्ने व्यवस्था भएरै हो । त्यसै हुने गरी बनाएको छ । त्यो ठाउँ हटाएर पनौती सारिएपछि यी सर्भिसहरूको सम्भावना त्यो संस्थाले दिन सक्दैन । र, अब ठुला नेताहरू थुनेको ठाउँमा डोजर लगाएर भत्काएर त्यहाँ कुनै नयाँ बिल्डिङ बन्ला । त्यसले इतिहास पनि मेट्छ र सम्पूर्ण पुलिसहरू दुःखी हुन्छन् । जनताले थप डेलिभरी पाउँदैन । जनताको स्रोत साधनको राष्ट्रको स्रोत साधन खर्च हुन्छ । त्यस कारण यो गलत निर्णय हुन्छ । सरकारको यो निर्णयले सबैभन्दा त पुलिसहरूले अपमानित महसुस गरेका छन् ।

(कुराकानीमा आधारित)

र यो पनि,

पुलिस एकेडेमी सार्ने निर्णयमा पूर्वप्रहरी अधिकारीको असन्तुष्टि

Tags :
प्रतिक्रिया दिनुहोस