मध्य भोटेकोशीको शेयर बिक्री खुला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मध्य भोटेकोशीको शेयर बिक्री खुला


२८ कार्तिक २०७५, बुधबार


काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि शेयर बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि अंकित मूल्य एक सय दरको १ करोड ४४ लाख कित्ता शेयर बिक्री खुला गरेको हो ।

जसमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता सेयर निष्कासन गर्न लागिएको छ । तर, बुधबारदेखि जारी गरिएको सेयर सर्वसाधारणले भने किन्न पाउने छैनन् ।

साधारण शेयरको निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरिसकेको छ । कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता तथा अधिकतम् ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम् एक हजार २०० कित्तासम्मको शेयरमा आवेदन दिन सक्नेछन् ।२२ मंसिर ०६८ मा  बहाल रहेका र २९ असोज ०७५ सम्म थपिएका सञ्चयकर्ताले सेयर आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । सञ्चयकर्ताले २८ कात्तिक देखि मंसिर १४ सम्म आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीले भने मंसिर १९ देखि २६ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड र जारी पूँजी ६ अर्ब रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस