उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन (फोटो फिचर) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन (फोटो फिचर)


२८ कार्तिक २०७५, बुधबार


काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ ।

पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएको थियो । उपत्यकालगायत देशका विभिन्न स्थानमा छठीघाटमा भक्तजनको भीड लागेको थियो ।

छठका अवसरमा नदी किनारका दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा सूर्यको उपासना गरेका थिए । आइतबार बिहान स्नान गरी चोखो भइ बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए । छठ मनाउँदा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।

फोटो :रासस

प्रतिक्रिया दिनुहोस