डोटीमा गुप्तचरहरूको नयाँ भवन उद्घाटन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोटीमा गुप्तचरहरूको नयाँ भवन उद्घाटन


प्रशासन विशेष ब्युरो

२७ कार्तिक २०७५, मंगलबार


गुप्तचर

डोटी । जिल्ला सदरमुकाम सिलगढी डोटीमा गुप्तचरहरूको (राष्ट्रिय अनुसन्धान) जिल्ला कार्यालयको भवनको उद्घाटन गरिएको छ ।

मंगलबार एक औपचारिक कार्यक्रमका बिच गुप्तचर विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले भवनको उद्घाटन गरेका छन् ।

कुल एक करोड ३ लाख रुपैयाँको लागतमा भवन निर्माण पश्चात् काम काज गर्न सहज भई काममा प्रभावकारिता आउने डोटीका गुप्तचर प्रमुख(अनुसन्धान अधिकृत) गोविन्द पाण्डेले बताए । उनले भने -यो भन्दा पहिले हामीहरू जिल्ला प्रशासनमा बसेर काम गर्थ्यौ, अब हाम्रो छुट्टै भवन भैसकेकोले काममा केही नयाँपन आउने छ ।  छिटो छरितो र समयमै गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

भवनको उद्घाटन गर्दै राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले अनुसन्धानका कर्मचारीले विगतको भन्दा अहिले झन् चनाखो, फुर्तिलो र सक्रिय भएर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा जिल्ला अदालत डोटीका न्यायाधीश जयानन्द पनेरु, डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामी लगायत अन्य कार्यालय प्रमुखहरू विभिन्न कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस