राप्रपा पार्टी एकता कमल थापाकै कारण भाँडियो : पशुपति शमसेर राणा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राप्रपा पार्टी एकता कमल थापाकै कारण भाँडियो : पशुपति शमसेर राणा


२७ कार्तिक २०७५, मंगलबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमसेर राणाले राप्रपा अध्यक्ष कमल थापाको कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन्।

अध्यक्ष राणाले पार्टी एकता प्रक्रिया अघि बढाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जलै मरौं’ भन्ने  हतारो गरेपछि पार्टी एकता प्रक्रिया रोकिएको बताए ।

पार्टीको नाम, झण्डा र चिह्न टुँगो नलागी एकता हुन नसक्ने राणाले बताए । उनले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग गम्भिर छलफल गरेपछि पार्टी एकता गरौैं भन्ने प्रस्ताव थापाले नमानेको आरोप समेत लगाए।

उनले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस