थुनुवा कक्षमा टिभी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थुनुवा कक्षमा टिभी


प्रशासन संवाददाता

२७ कार्तिक २०७५, मंगलबार


विदुर । हिरासत भन्नासाथ मानिसले पीडा, यातना, दुःख, कष्टलगायतका क्रियाकलाप हुने एक अखडा नै हो भन्ने खालको आम नागरिकले सम्झिरहेका हुन्छन् ।

हिरासतभित्र अँध्यारो, डरलाग्दो कालो कोठा हुन्छ होला, प्रहरीले थुनुवा कक्षमा पीडक र मुद्दा चलिरहेका अभियुक्तलाई ज्यादती गरी अभद्र व्यवहार गरिरहेको होलान् भन्ने धेरैको दिमागमा खेलिरहेको हुन्छ । जिल्लामा प्रमुख भएर आउनुभएका वसन्त बहादुर कुँवरले हिरासत कक्षमा पनि फरक तरिकाको कक्ष बनाएका छन् ।

थुनुवालाई अनुशासित हुने, सरसफाइमा ध्यान दिने, पत्रिका पढ्ने, टिभी हेर्नेलगायतका नियमको पालना गरी एकापसमा मिलिजुली रहनेजस्ता कुरा सम्झाइरहेको उनले बताए । अहिले सो प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका थुनुवाले आजकल टिभी हेर्न पनि पाइरहेका छन् ।

विभिन्न मुद्दामा संंलग्न भई फैसला कुरेका र अन्य मुद्दामा म्याद थप गरी हिरासतभित्र रहेको अभियुक्तलाई भित्र बसिरहँदा मनमा अनेक प्रकारका कुरा र पट्यार नलागोस् भन्ने उद्देश्यले हिरासतमा टिभी राखिदिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

‘हिरासतमा रहेका सबै अपराधी नै हुन्छन् भन्ने छैन । अनुसन्धानको लागि हिरासतमा राखेर प्रक्रिया अगाडि बढाउनुपर्ने छ पछि अदालतको फैसलाअनुसार निर्दोषी छुट्ने र पीडक कारवाहीको लागि कारागार चलान हुने गरेको छ’, उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस