सुनको मुल्य ४ सयले घट्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मुल्य ४ सयले घट्यो


प्रशासन संवाददाता

२७ कार्तिक २०७५, मंगलबार


काठमाडौं । सुनको मुल्य तोलामा आज ४ सय रुपैयाँले घटेको छ ।

तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

डलरभन्दा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको मुल्य केही घटेको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस