चलचित्र ‘समर लभ’को फस्ट लुकसँगै प्रदर्शन मिति तय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘समर लभ’को फस्ट लुकसँगै प्रदर्शन मिति तय


प्रशासन संवाददाता

२६ कार्तिक २०७५, सोमबार


काठमाडौं । सुविन भट्टाराइको उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’को प्रदर्शन मिति तय भएको छ।  चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर यो चलचित्रको निर्माण गरिएको हो ।  यो चलचित्र माघ २५ गतेबाट  प्रदर्शनमा आउने भएको हो।

टिमले हालै चलचित्रको फस्ट लुक सार्वजनिक गरेको छ । चलचित्रका मुख्य कलाकार रहेका छन्, सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन् । आशिष र रेवतीको यो डेब्यू फिल्म हो ।

‘समर लभ’लाई मुस्कान ढकालले निर्देशन गरेका छन् । उनले यसअघि’नाईं नभन्नू ल’ सिरिजको तेस्रो भाग निर्देशन गरेका थिए । छायाँकन थालेको १ वर्ष पछि सो चलचित्र प्रदर्शन मिति तय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस