दुर्इ वर्षभित्र माग अनुसार सिटामोल उत्पादन गर्ने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुर्इ वर्षभित्र माग अनुसार सिटामोल उत्पादन गर्ने तयारी


२६ कार्तिक २०७५, सोमबार


काठमाडौं । नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग अनुसार सिटामोल उत्पादन गर्ने तयारी गरेको छ ।

लिमिटेडले दुई वर्षभित्र आपूर्ति  हुने गरी पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको छ । बजार माग अनुसार दुई वर्षभित्र आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने योजना तय गरिएको जनाएको छ ।

सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले सिटाप्लस पनि उत्पादन गर्ने भएको छ । सिटाप्लस उत्पादनको लागि यो वर्ष लिमिटेडले दुईवटा मेसिन थप्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक वजेट व्यवस्थाको लागि कुरा भइरहेको लिमिटेडले जनाएको छ।

पञ्चवर्षीय व्यापारिक योजनामा आइरन चक्की लगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस