जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय : सञ्चारमन्त्री बाँस्कोटा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय : सञ्चारमन्त्री बाँस्कोटा


प्रशासन संवाददाता

२६ कार्तिक २०७५, सोमबार


राष्ट्रपतिका लागि गाडी

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताए ।

काभ्रेपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने,’प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो ।’ उनले मानवजाति र प्राणीको रक्षार्थ देशलाई समृद्ध बनाउन आआफ्ना क्षेत्रबाट सक्रिय हुनुपर्ने बताए।

मन्त्री बाँस्कोटाले अन्तरिक्षको रक्षाले विश्व मानवको जीवनचक्र चलिरहने र मानव रक्षाले अधिकारको सम्मान हुने बताए । उनले भने ‘अन्तरिक्ष नहुँदा प्रविधि र मानव जाति सङ्कटमा पर्छ, यसका लागि पनि मानवजातिको रक्षा प्रमुख आवश्यकता हो ।’

उनले धर्म, संस्कृति र राजनीतिको लक्ष्य न्याय, समानता, प्रगति, सद्भाव, प्राणीजातिको रक्षा भएकाले विविधतामा एकता भएको नेपालमा रहनुमा गर्वित हुनुपर्ने बताउँदै नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराउने घटना भइरहेकामा दुःख व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस