काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको सोमबार (आज) को विदेशी मुद्राको विनिमय दर अनुसार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आइतबारकै मूल्यमा साट्न सकिन्छ ।
बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २३ र बिक्रिदर १० रुपैयाँ २९ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ ४७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।