‘हिल्ड’ लिएर आइन् अभिनेत्री मनिषा कोइराला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘हिल्ड’ लिएर आइन् अभिनेत्री मनिषा कोइराला


प्रशासन संवाददाता

२६ कार्तिक २०७५, सोमबार


काठमाडौं । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला आत्मकथा लेखनको हाडमा सामेल भएकी छन् ।

७ वर्ष अगाडि मनिषा पाठेघरको क्यान्सरबाट पीडित भएकी थिइन् । उनले क्यान्सरसँगको लर्डाइमा केन्द्रित भएर लेखेको किताब ‘हिल्ड’ शनिबार सार्वजनिक गरिएको छ । अमेरिकामा लामो उपचारपछि उनी क्याम्सरमुक्त भएकी हुन् । क्यान्सरबाट छुट्कारा पाएपछि आफूले नयाँ जीवन पाएको मनिषा बताउने गर्छिन् ।

मनिषाले निलक कुमारको सहयोगमा लेखेको किताबको उपशिर्षक छ, ‘क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो रु’ किताबको कभर ट्विटरमा सार्वजनिक गर्दै मनिषाले लेखेकी छन्, ‘आफैंलाई पत्ता लगाउन र जीवनलाई फेरि माया गर्न क्यान्सरले मलाई पाठ सिकाएको छ । प्रिय साथीहरु तपाईहरुलाई म आफ्नो पहिलो पुस्तक टक्र्याउँदै छु ।’

सुभाष घई निर्देशित फिल्म ‘सौदागर’ बाट चर्चामा आएकी मनिषाले बलिउडमा थुप्रै हिट फिल्ममा काम गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस