अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड


२६ कार्तिक २०७५, सोमबार


दार्चुला । मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उच्च माविमा अज्ञात समूहले तोडफोड गरेको छ।

विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको हो। सो घटना शुक्रबार भएको अनुमान गरिएको छ। तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले घटना ढिलो थाहा भएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिए।

विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सी लगायत सामग्री तोडफोड हुनाका साथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालय समेतको ताला तोडिएको उनले बताए। तोडफोडबाट झन्डै रु २ लाख ५० हजारको क्षति भएको अनुमान गरिएको छ।

प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र शङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताए। तोडफोड गरिएका कम्प्युटर लगायत उपकरण काम नलाग्ने अवस्थामा छन्। रासस

Tags :
प्रतिक्रिया दिनुहोस