बि.सी.को ‘युरो डायरी’ लोकार्पण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बि.सी.को ‘युरो डायरी’ लोकार्पण


२५ कार्तिक २०७५, आइतबार


काठमाडौं । गायक तथा साहित्यकार नरबहादुर बि.सीको ‘युरो डायरी’ नियात्रा संग्रह विमोचन गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यमा पूर्व मन्त्री दिनानाथ शर्मा, साहित्यकार तथा समालोचक हरिहर खनाल, पुष्पराज पौडेल, हिमाल शर्मा लगायतले डायरीको लोकार्पण गरेका हुन् ।

समालोचक हरिहर खनालले ‘युरोप डायरी’ पढ्दै जाँदा आफै युरोप घुमिरहेको अनुभूति हुने र युरोपयात्राको चाहना राख्ने र नियात्रालाई माया गर्ने सबैलाई यो पुस्तक अत्यन्त उपयोगी हुने बताएका छन् ।

मन्त्री थापाले आफूले किताब पढेको र किताब पढ्दा आफु पनि युरोपमा नै भएको जस्तो लागेको बताइन् । युरोप यात्रा पुस्तकलाई ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस