‘सङ्घीयता कार्यान्वयन सङ्कटमा’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘सङ्घीयता कार्यान्वयन सङ्कटमा’


प्रशासन विशेष ब्युरो

२२ कार्तिक २०७५, बिहिबार


सङ्घीयता

धनुषा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले सङ्घीयता कार्यान्वयन सङ्कटमा परेको बताएका छन् ।

जनकपुरमा आज पत्रकारसँग नेता खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले सङ्घीयता कार्यान्वयन सङ्कटमा परेको बताएका हुन् ।

नागरिकको आधारभूत आवश्यक्ता पूरा गर्नसमेत सरकार सफल नभएको बताउँदै मुलुकमा हत्या, हिंसा बढेको र दोषीलाई सरकारले कारवाहीको दायरामा ल्याउन नसकेको आरोप खाँणको छ ।

सरकार सञ्चालन गर्न बहुमत रहेकै बेला अन्य दललाई सरकारमा सहभागी गराएर दुई तिहाइ पु¥याए पनि संविधान संशोधनको कुरा अघि बढ्न नसक्नु दुखद रहेको खाँणको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस