नेपाल सम्वत् ११३९ को अवसरमा उपराष्ट्रपतिबाट शुभकामना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल सम्वत् ११३९ को अवसरमा उपराष्ट्रपतिबाट शुभकामना


२२ कार्तिक २०७५, बिहिबार


काठमाडौं । नेपालको मौलिक संवत् नेपाल संवत् ११३९को अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको साथै मुलुकको समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो देश नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी तथा विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उल्लेख गरेका छन् ।

महान् चाड तिहार र नव वर्षले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहानालाई पूरा गर्न तथा सबै नेपालीलाई एकाकार भएर अगाडि बढ्न प्रेरणा दिउन् भन्ने कामना गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस