राष्ट्रपतिद्वारा नेपाल सम्वत् ११३९ को शुभकामना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिद्वारा नेपाल सम्वत् ११३९ को शुभकामना


२२ कार्तिक २०७५, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

उनले शुभकामना सन्देशमा ‘नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना गरेकी हुन् ।’

सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पूग्ने आशा राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस