आज गोवर्द्धन पर्वत र गोरु पूजा गरिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज गोवर्द्धन पर्वत र गोरु पूजा गरिँदै


प्रशासन विशेष ब्युरो

२२ कार्तिक २०७५, बिहिबार


काठमाडौं । यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पर्वत र गोरुको पूजाआजा गरी मनाइँदैछ ।

हिन्दू धर्मावलम्बीहरूले आज आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने गरेका छन् ।

किम्बदन्ती अनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गरिन लागिएको हो ।

यस्तै, आज गोरु पूजा पनि गरिन्छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गरेकाले गोरु पूजा गर्न थालिएको हो । आज गोरुलाई मिठा खानेकुरा खान दिने प्रचलन पनि छ ।

प्रतिक्रिया दिनुहोस